विद्यालयको परिचय
“ हाम्रो अपेक्षा , नुवाकोटमा गुणस्तरीय शिक्षा र मर्यादित परिक्षा ” >L k~rsGof आधारभूत विद्यालय बेलको टगढी न. पा. - १२ घोडघाड , नुवाकोट SHREE PANCHAKANYA AADHARBHUT BIDHYALAYA Belkotgadhi - 12, Ghodghad, Nuwakot Email:schoolpanchakanya@gmail.com विद्यालयको परिचय १. ऎतिहासिक पृष्ठभूमि : यस नुवाकोट जिल्लाको बेल्कोटगढी न.पा वडा नं.१२ घोडघाड टोलमा २०४४ सालमा स्थानीय जनताहरुको चन्दा सहयोग तथा श्रमदानबाट विधालय भवन तथा फर्निचर व्यवस्थापन गर्न जग्गा अति आवश्यक अभिभावक तथा समाजसेवीहरु उपस्थित भई जग्गा सम्बन्धित छलफल गर्दा गाउँको बीच भागमा पर्ने जग्गा साविकको ४ का अभिभावकहरु श्री सनकमान राई ,भीमसेन राई,दिल बहादुर राई र श्री ठुलोकान्छा राई ले निशुल्क १ रोपनी ५ आना अर्पण गर्नु भयो। उक्त स्थानमा ५ कोठे भवन निर्माण भई फर्निचरको व्यवस्था मिलाई स्थानीय जनसहयोगमा चन्दा संकलन गरी निजि शिक्षक राखी ५० जना छात्र-छात्रा नियमित उपस्थित भई कक्षा संचालन गरिएको थियो यस क्रममा २०४४ साल देखि २०४६ साल सम्म यो विद्यालय एक...