विद्यालयको परिचय

 

हाम्रो अपेक्षा , नुवाकोटमा गुणस्तरीय शिक्षा मर्यादित परिक्षा


>L k~rsGof

आधारभूत विद्यालय


बेलकोटगढी न. पा. -१२ घोडघाड,नुवाकोट
 


  

SHREE PANCHAKANYA AADHARBHUT BIDHYALAYA

Belkotgadhi - 12, Ghodghad, Nuwakot

Email:schoolpanchakanya@gmail.com









विद्यालयको परिचय

१.  ऎतिहासिक पृष्ठभूमि :

 

यस नुवाकोट जिल्लाको बेल्कोटगढी न.पा वडा नं.१२ घोडघाड टोलमा २०४४ सालमा स्थानीय जनताहरुको चन्दा सहयोग तथा श्रमदानबाट विधालय भवन तथा फर्निचर व्यवस्थापन गर्न जग्गा अति आवश्यक अभिभावक तथा समाजसेवीहरु उपस्थित भई जग्गा सम्बन्धित छलफल गर्दा गाउँको बीच भागमा पर्ने जग्गा साविकको ४  का अभिभावकहरु श्री सनकमान राई ,भीमसेन राई,दिल बहादुर राई र श्री ठुलोकान्छा राई ले निशुल्क १ रोपनी ५ आना अर्पण गर्नु भयो। उक्त स्थानमा ५ कोठे भवन निर्माण भई फर्निचरको व्यवस्था मिलाई स्थानीय जनसहयोगमा चन्दा संकलन गरी निजि शिक्षक राखी ५० जना छात्र-छात्रा नियमित उपस्थित भई कक्षा संचालन गरिएको थियो यस क्रममा २०४४ साल देखि २०४६ साल सम्म यो विद्यालय एक अस्थायी दरबन्दीबाट संचालन भैरहेकोमा वि.स.२०४८ सालमा शिक्षक दरबन्दी प्राप्त गरी थप पठनपाठन कार्यमा बल मिल्न गयो विद्यालयमा दिनानुदिन विद्यार्थी चाप बढ्न थाल्यो।  वि.स. २०५२ सालमा विद्यालयको अवस्था र विद्यार्थी संख्याको अध्गारी जी सही का बाट थप १ एसिड़ी बालकोट प्राप्त गरी कक्षा १-३ सम्म संचालान हुन् गयो।

 

विद्यालयमा विद्यार्थी संख्या बढ्ने क्रम बढ्दै जाने थालेर अरु भएका विद्यालय टाढा भएको विद्यालय टाढा भएका कारण यहाँका अभिभावकहरु सक्रिय भई विद्यालयका व्यवस्थापन पक्षमा सुधार ल्याई कक्षा १ देखि ५ सम्म संचालन गर्न अघि  बढे।  फलस्वरूप कक्षा १ देखि ५ सम्म संचालन गर्न जि.शि.का बाट स्वीकृति प्राप्त भयो। र थप १ दरबन्दी प्राप्त भयो।  वि.सं.२०६५ सालमा प्राथमिक शिक्षा परियोजना मार्फत दुई कोठे १ भवन प्राप्त भयो।  उक्त भवन निर्माण गर्न यस सेवा क्षेत्रभित्रका सम्पुर्ण अभिभावकहरुको सक्रिय सहयोग प्राप्त भएको थियो।  पुरानो भवन सानो भएको कारण कक्षा १ देखि ५ सम्म संचालन गर्न कक्षा कोठाको अभाव पर्न गएको हुँदा यहाँका जनता सक्रिय भई नै रहयो।  जसको फलस्वरुप २०६५ सालमा दरबन्दी ,निजीस्रोतमा २,१ जना बाल विकास सहयोगी कार्यकर्ता सहित जम्मा ११ जना शिक्षकहरु कार्यरत थियो।  वि.सं.२०६९ सालमा अभिभावकको चासो यस विद्यालयमा कम तर बोर्डिङ स्कुलमा बढी भएको कारण विद्यार्थी घट्न गई विद्यालय खारेज हुन गयो।  वि.सं.२०७२ सालको भूकम्पले विद्यालयको भवन तहसनहस हुन गयो। यसरी विद्यालयको अवस्था नै विलाप भई विद्यालय बिहिन भयो।

 

यस स्थानमा जनघनत्वको चाप बढी तर विद्यालय नजिकवरपर नभएका कारण अभिभावकको माग, स्थानीय जनप्रतिनिधिको सल्लाह , स्थानीय बुद्धिजीविहरुको साथ र सहयोगले पुन:विद्यालय स्थापना गराउने निर्णय गरियो।  सोही अनुरूप यसै विद्यालयमा अध्ययन गरेको पूर्व विद्यार्थी श्री सुन्दर राई ज्युको पहलमा वि.सं. २०७४ सालमा स्विजरल्याण्डका एक सहयोगी साथी श्री करिन मोयक्सको प्रमुख अतिथ्यमा गाउँ , जनसमुदाय सहभागी गराउदा उहा (करिन मोयक्स)ले यस स्थानमा विद्यालय हुनुपर्छ र यसको लागि उहाले सकेको सहयोग गर्ने प्रतिवद्धता गर्नु भएको थियो।  लगतै वहाँले विद्यालयको निर्माण कार्य सुरु गराउनु भयो  र वि.सं. २०७५ साल जेष्ठ १० मा सम्पन्न गरि जेष्ठ १६ मा हामीलाई सुम्पिनु भयो।  जहाँ ५६ जना विद्यार्थी शिशु कक्षा र १ गरि २ वटा कक्षामा २ जना निजी स्रोतबाट तथा १ जना शिक्षक काजमा ल्याई अध्यापन सुरु गराइयो। वि.सं.२०७५ साल यता यहाँका बुद्धिजीवी ,शिक्षक ,जनप्रतिनिधि  तथा प्राध्यापकको उल्लेखनीययोगदान तथा अनवरत प्रयासका कारण विद्यालयको आर्थिक, भौतिक  तथा शैक्षिक सुधारक कारण विद्यालयमा सुधार आइ यस विद्यालयको शैक्षिक स्तर सुदृढ भएको छ। 

     

Comments